अनेरास्ववियु क्रान्तिकारी की अध्यक्ष पञ्चा सिंहले पछिल्लो २ बस बेपत्ता बारे निकै चिन्ता जाहेर गरेकी छन् । प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष सिंहके तत्काल सवैको खोजीकार्य गर्न सरकारलाई दबाव दिएकी हुन् ।
केही दिन देखि निरन्तर परिरहेको अबिरल बर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्डको सिमतालमा पहिरोले यात्रुबाहक बस बगाउँदा हिजो राती मात्र झण्डै ६५ जना यात्रु बेपत्ता भयका छन ।
कास्की लगायत देशका धेरै ठाउँहरुमा पहिरोले घर नै पुरिएर परिवार नै गुमाउनु परेको छ । पहिराेमा खसेकाे ढुंगा लागेर गाडी चालक समेतकाे मृत्युु भएको छ । याे भन्दा अगाडि पनि नेपाल प्रहरीको रिपोर्ट अनुसार बाढी पहिरोमा परी झण्डै ….. जनाले ज्यान गुमाइ सकेको तथ्यांक सार्वजनिक भएको छ ।
दुखको यस क्षणमा प्राकृति प्रकोपमा परी मृत्युु हुने सम्पूर्ण मृतकहरुप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभयो । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्राकृति बिपतको यस दुखद घडिमा देशभर भएको धनजनको क्षतिप्रति हामी गहिरो दुख व्यक्त गर्नुभयो ।
बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहतको घाेषणा , घाइतेहरुलाई निशुल्क उपचार र धनजनको क्षतिकाे उचित मुल्यांकन गरि क्षतिपूर्तिकाे व्यवस्था गर्न , बेपत्ता यात्रुहरूको चाँडोभन्दा चाँडो खोजीकाे लागि नेपाल सरकारसंग जाेडदार माग गर्नुभएको छ।
प्रेस बिज्ञप्ती मिति २०८१/०३/२८
केही दिन देखि निरन्तर परिरहेको अबिरल बर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्डको सिमतालमा पहिरोले यात्रुबाहक बस बगाउँदा हिजो राती मात्र झण्डै ६५ जना यात्रु बेपत्ता भयका छन । कास्की लगायत देशका धेरै ठाउँहरुमा पहिरोले घर नै पुरिएर परिवार नै गुमाउनु परेको छ । पहिराेमा खसेकाे ढुंगा लागेर गाडी चालक समेतकाे मृत्युु भएको छ । याे भन्दा अगाडि पनि नेपाल प्रहरीको रिपोर्ट अनुसार बाढी पहिरोमा परी झण्डै ….. जनाले ज्यान गुमाइ सकेको तथ्यांक सार्वजनिक भएको छ । दुखको यस क्षणमा प्राकृति प्रकोपमा परी मृत्युु हुने सम्पूर्ण मृतकहरुप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्राकृति बिपतको यस दुखद घडिमा देशभर भएको धनजनको क्षतिप्रति हामी गहिरो दुख व्यक्त गर्दछौं । बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहतको घाेषणा , घाइतेहरुलाई निशुल्क उपचार र धनजनको क्षतिकाे उचित मुल्यांकन गरि क्षतिपूर्तिकाे व्यवस्था गर्न , बेपत्ता यात्रुहरूको चाँडोभन्दा चाँडो खोजीकाे लागि नेपाल सरकारसंग जाेडदार माग गर्दछौं । बाढि पहिरोबाट हुने सडक दुर्घटनाबाट बच्न बाढी पहिरोले प्रभावित पार्ने मुख्य राजमार्गहरुलाई RED ZONE को पहिचान गरि रात्रीकालिन सवारी साधनहरु सञ्चालन गर्न केही समयका लागि बन्द गर्न नेपाल सरकारकाे गम्भीर ध्यानाकर्षण गराउदछौं । साथै मनसुन सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धि पूर्वतयारीका कामहरु व्यवस्थित गर्न, उद्दार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि सबै तहका सरकारहरुको ध्यानाकर्षण गराउदछौं ।
पन्चा सिंह
अध्यक्ष