काठमाडौं । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मोहन बानिया,महेश बस्नेत, गुलावजंग शाह र ऐन महरलगायतका नेताहरूलाई कि राजनीति गर्न, कि पार्टी छाडेर ‘इन्जोय’ गर्न दुई मध्य एक विकल्प दिएको खबर बाहिर आएको छ ।
पार्टीका नेता कार्यकर्ताहरूमा अनुशासनहीन, चरित्रहीन र नैतिकहीन गतिविधि गरि पार्टीलाई बदनाम गरेको भन्दै बानियाँ, बस्नेत, शाह र महरलगायत नेताहरूलाई कि राजनीति गर्न, कि पार्टी छाडेर ‘इन्जोय’ गर्न दुई मध्य एक बिकल्प रोज्नु पर्ने निर्देशन दिएका हुन् ।
बुधबार सुरु भएर बिहीबार सकिएको एमाले पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीले भने, ‘कि राजनीति गर्नुपर्छ, कि इन्जोय रोज्नुपर्छ । दुवै एकैपटक गर्न पाइँदैन एमाले कुनै ढल होइन, आचरणहीन, नैतिकहीन, चरित्रहीन कुरालाई पार्टीले कुनै हालतमा सहँदैन ।
जस्ले यस्ता गतिविधिमा सङ्लग्न हुन्छ त्यो व्यक्ति एमाले हुन सम्भव छैन ।’उहाले भन्नू भयो ।
विशेषगरी मोहन बानियाँ र बस्नेत, केन्द्रका मन्त्री भैसकेका ब्यक्ति हुन भने शाह प्रदेश मन्त्री भैसकेका ब्यक्ति हुन र एन महर पुर्ब अनेरास्ववियु अध्यक्ष र हाल एमालेका केन्द्रिय सदस्य हुन । बारम्बार यौन प्रकरणमा जोडिएका प्रसङ्गसमेत बाहिर आएको खबर पाइसकेपछी प्रधानमन्त्री ओलिले कडा निर्देशन जारी गरेको एक पोलिट्ब्युरो सदस्यले रेड स्टार न्युजलाइ जानकारी दिनु भयो । त्यसबाहेक कतिपय नेता कार्यकर्ता आर्थिक अनुशासनको दायराभन्दा बाहिर गएर गतिविधि गर्ने गरेका समेत गुनासा गरेका छन ।
अध्यक्ष ओलीले प्रवृत्तिगत रूपमा पार्टीमा मौलाएका विभिन्न खाले अराजकता तथा आर्थिक, नैतिक र चारित्रिक रूपमा उठेका प्रश्नमा छानबिन हुने र आएको नतिजालाई कडाइका साथ कार्यान्वयनमा लैजाने बताएका थिए ।