माओवादी पार्टी भित्र प्रचण्डको भुमिका: सधै खलनायक

प्रचण्डले; कृष्ण बहादुर महरा, बर्षमान पुन र जनार्दन शर्मालाई साइजमा राख्न अप्रेसन (R2)सुरु गरेका थिए

२०४१ सालमा रुपलाल बिस्वकर्माले मसालको पाटी सदस्यता बाट आधिकारिक राजनीतिमा होमिएका प्रचण्डले करिब ३६ साल सम्म पार्टी अध्यक्षतामा रहदा खेरी आफुलाइ सधै पार्टिको अध्यक्षमा रहिरहन अनेक टृक र टिकडमले आफुलाइ सत्ताको कस्सिमा राख्न सफल हुँदै आएका छन। उनका लागि अध्यक्ष पद सर्बसवा हो चाहे पाटी सिद्दियोस,या जनयुद्धमा मुद्दा ओझेलमा परुन,चाहे सहिदहरुका रगतमा होलि खेल्नु नै किन नपरोस उनलाइ त्यो संग सरोकार हैन। सरोकार हो त केवल आफ्नो कुर्सी र अध्यक्ष पदको हो।जनयुद्ध सुरुवात गर्दा होस या १२ बुदे सहमति गर्दा होस उन्ले आफुलाइ सधै केन्दबिन्दुमा राखेर निर्णय गर्ने गरेका छन। कहिले बाबुराम संग मिलेर मोहन बैध्यलाई किनारा लाउने कुरा होस, या बैध्य संग मिलेर बाबुरामलाइ किनारा लाउने कुरा होस,चाहे त्यो बादल संग मिलेर बिप्लबलाई किनारा लाउने कुरा होस, चाहे त्यो अग्नि सापकोटा संग मिलेर कृष्ण बहादुर महरालाई सिध्याउने कुरा होस चाहे,त्यो देब गुरुङ संग मिलेर बर्षमान पुन तह लाउने कुरा होस,चाहे त्यो नारायणकाजी संग मिलेर जनार्दनलाई सिधा्याउने कुरा होस । प्रचण्डको फेरिहस्त इतिहास हेर्ने हो भने जालझेल र टिकडमको इतिहास भनी साध्य छैन।उनी आफ्नो प्रतिस्पर्ध्रीलाई रोक्न हर सम्भब कोशिस गर्छन,कहिले तिनले बाबुरामलाई दक्षिण पन्थी भनेर कार्बाही गर्न भ्याउछन,कहिले तिनले बादललाइ सास्कृतिक बिचलनको बिल्ला भिराएर कार्बाही गर्न भ्याउछन। बिचार र दृस्ठिकोणका हिसाबले प्रस्ट मानिएका मोहन बैधलाई दक्षिणपन्थी र घोर पुरातनबादी भनेर आरोप लगाउदै आएका छन।जब-जब प्रचण्डलाई आफू कम्जोर भएको भान महसुस गर्दछन,तब-तब उनी डर,भय र त्रास देखाएर आफ्ना कार्यकर्ता र जनताको मुद्दाहरु बिकेन्दृकृत गर्न सफल हुँदै आएका छन । प्रचण्डले आफ्ना पार्टिका नेता कार्यकर्तालाई प्रचण्ड बिनाको मावबादी हुन नसक्ने भन्दै मनोबैज्ञानिक हिसाबले म्यानुप्लेट गर्न सफल हुँदै आएका छन । कार्यकताको नजरमा “प्रचण्ड एक महान नेता हुन जस्को जन्म इतिहासका कालखण्डमा बिरलै हुन्छ” जस्को नेर्तित्वमा बोल्न पाइयो, जस्को नेर्तित्वमा सबैका हक अधिकार सुनिस्चित भए भनेर कार्यकर्ताको सम्पुर्ण दिमागमा आफू बाहेक कोहि पनि नेर्तित्वको भागेदार हुन नसक्ने र देशका सम्पुर्ण परिबर्तनहरु आफुले ल्याएको भान कार्यकर्तालाई गराउदै आएका छन”। प्रचण्डको छबिलाल यानकी दोहोरो चरित्र देखाउने टृक अहिले सम्म सफल हुँदै आएको छ । जब-जब उनी सत्तामा आउछन तब-तब उनलाइ आफ्नो परिवार बाहेक कसैको याद आउदैन,जब उनी सत्ता भन्दा बाहिर फ्याकिन्छ्न,तब तब उनी सहिदहरुका कुरा गर्दछन, दलित,आदिवासी,जनजाती मुस्लिम र अल्पसंख्यकको कुराले सदन तताउछन घाइते अपाङ्गहरुको उपचार गर्न उन्ले भ्याउदैनन। उनी सबैको ब्याख्यात्मक टिप्पणी आफ्नो सेरोफेरोमा रहेर गर्न माहिर मानिन्छ्न ।बाबुराम र मोहन बैध्यको बहिर्गमन पछि आफू भन्दा पछि शक्तिशाली मानिएका क्रमश कृष्ण बहादुर महरा,बर्षमान पुन र जनार्दन शर्मालाई कम्जोर पारी आफू सत्तामा रहिरहन विभिन्न अप्रेसन आन्तरिक रुपमा सुरु गरे । जस्मा पहिलो चरणको अप्रेसन पार्टीमा निरन्तर शक्ति सन्चय गर्दै आएका कृष्ण बहादुर महरा माथि जस्को नाम थियो (R ,0) यानकी रोल्पा जिरो यस्को अर्थ हुन्छ रुकुम र रोल्पाको शक्तिलाई ठेगान यानकी साइजमा राख्नु पहिलो चरणमा, कृष्ण बहादुर महरा र बर्षमान पुनको आन्तरिक गुट र शक्ति माथी प्रहार गरि छिन्न भिन्न बनाइ कम्जोर पार्नु थियो। जस्को परिणाम प्रचण्डले महराको कम्जोर पक्षलाई हतियार बनाएर सास्कृतिक बिचलनको हमला गर्न सफल भए जस्मा केपी वलि प्रयोग भएका थिए । छबिलालको दोश्रो अस्त्र हो थियो जनार्दन शर्मा माथी अप्रेसन ( operation R,1)जस्को अर्थ हुन्छ रुकुम साइजमा राख्नु,जस्मा जनार्दनलाई नैतिक रुपमा पतन गराउनु थियो , जनार्दन शर्मा अर्थमन्त्री भएको बेला प्रचण्ड र देउबाको मिलेमतोमा राज्यको खरबौको कर छलेर ब्यापारिक घरानालाइ खुसी पार्नु थियो त्यसमा देउबा र प्रचण्डले दश खरब बराबरको कर फृ गरेर करिब दुई सय जना अर्बपतिहरुलाइ खुसि पारेको आरोप लागेको छ ।त्यस्मा प्रचण्ड र देउबा मिलेर “दुबै” मा करिब ५ खरब पैसा बुझेको तथ्य बाहिर आएको छ । त्यस्मा निसर्त रुपमा प्रचण्डको आदेश जनार्दनले मानेका थिए। प्रचण्ड आफैले जनार्दनको पार्टी भित्रको बढ्दो बर्चस्व कम गर्न अर्थ मन्त्रालय भित्र खरिदार छिराएर सिसि क्यामेराको तार मुसाले काटेको भ्रम आफ्नो सचिबालय मार्फत छर्न लगाएका थिए । त्यसै गरि तेस्रोमा थियो अप्रेसन (R,3) यानकी बर्षमान पुनलाइ साइजमा राख्नु त्यस्मा प्रचण्डले बेखुबी संग बर्षमान पुनको चिन संग राम्रो समन्ध भएको कारणले त्यसैको आडमा उनले आफ्ना सहयोगीहरु मार्फत सुन ओसारपसार गर्ने गरेको थाहा पाइसके पछि प्रचण्डले बर्षमान पुनको कमजोरी माथी हिर्काएर पार्टिमा आफ्नो निर्बिकल्प नेर्तित्व रहेको सन्देश दिए ।यसरी आफ्ना प्रतिस्पपर्धीहरुलाइ एकपछि अर्को गर्दै किनारा लाउदै गए पछि उनले आफु पार्टी भित्र आजिबन अध्यक्ष रहने र कसैले जबर्जस्ति गरे भित्तामा पुर्याइदिने घुमाउरो भाषा सार्बजनिक मन्च बाट दिए र अहिले पनि दिदै आएका छन ।यसरी प्रचण्डको पार्टी भित्रको एकतन्त्रीय शासनले राणाशासन र राजतन्त्रको एकाधिकार माथी पनि प्रश्न उठेको छ। राजतन्त्र र राणाशासनमा केही हद सम्म सामुहिकतामा बिस्वास गरिन्थ्यो ।तर प्रचण्डको अध्यक्षतामा आफू बाहेक कसैको कुरा नसुन्ने प्रवृत्ति २०४१ सालबाटै भएको एक पुराना कम्युनिस्ट नेताले बताउनु भयो। छबिलाल प्रबृत्तिले राजतन्त्र र राणाशासन भन्दा बढी पार्टी भित्र अत्याचार हुने गरेको नाम नभन्ने सर्तमा एक पोलिट्ब्युरो सदस्यले बताउनु भयो ।

  प्रचण्डले प्रयोग गरेका दाहाल टृक्सलाई सजिलो भाषामा बुझ्ने हो भने उनी आफ्ना बिरोधी र प्रतिस्पधृहरुलाइ सिधै प्रहार गर्दैनन। उनलाइ प्रहार गर्न दोस्रो ब्यक्ति वा तन्त्रको प्रयोग गर्दछन। उनी कति सम्म गर्छन भन्ने कुराको एक उदाहरण हेरौ । जनार्दनको बर्जस्वलाइ कम्जोर पार्न अखिल क्रान्तिकारिमा अध्यक्षको नजिक रहेका अनिल शर्मालाइ हराउन रन्जित तामाङ र पन्चा सिंहको हुँदै नभएको गुटलाइ सतहमा ल्याएर अनिल शर्मालाइ हराउन प्रचण्डले आन्तरिक शर्कुलर नै जारी गरेको कुरा पछि सतहमा आयो । नेकपा कालिन समयमा आन्तरिक प्रतिस्पधृका रुपमा शक्ति सन्चय गरेका कृष्ण बहादुर महरालाई साइजमा राख्न ओलि प्रयोग गरे, ओलिलाई साइजमा राख्न माधबलाइ प्रयोग गरे ।त्यतिबेलाका नेकपा कालिन समयमा ओलि पछि शक्तिशाली मानिएका इस्वर पोख्रेललाइ रोख्न बामदेब गौतम प्रयोग गरे ।बाबुराम भट्टराईले बारम्बार सार्बजनिक रुपमा भन्दै आएका छन ।त्यै कुरालाइ आधार मानि प्रचण्ड देशको एक नम्बर धोकेबाज हो भनेर । उहाले गरेका व्यबहार र चरित्रले पनि बाबुरामले भनेका कुरामा सत्यता देखिन्छ । बोली र व्यबहारमा समानता नदेखिए पछि बादल वाक्क दिक्क भएर केपि वलि सङै रहेको पछिल्ला घटनाक्रमले देखाएको छ । गत बर्ष कमलादिमा सम्पन्न भएको मावबादी केन्द्रको महाधिवेशनले पार्टिमा बिचार र बिमर्श नगरी कार्यकर्ताको आखामा छारो हाली एकलौटी रुममा प्रचण्डले आफुलाइ अध्यक्ष घोषणा गरे महासचिवको रेसमा रहेका जनार्दन शर्मा र बर्षमान पुन लाइ आफैले सोघोषित रुपमा कार्यकर्ता सामु अन्तर बिरोध रहेको हल्ला फैलाइ महासचिवको रेसबाटै बाहिर फ्याकिदिए र देब गुरुङलाइ टिके महासचिव घोषणा गरे । २०७९ सालमा भएको निर्बाचनमा पार्टीले नराम्रो संग हार बेहोरे पछि प्रचण्डको नेर्तित्वमाथी नै बर्षमान पुन र जनार्दन शर्मा एकढिक्का भएर प्रचण्डको विकल्पको बहस गर्न थालिसके पछि प्रचण्डले नया अस्त्र फ्याके बिप्लपलाइ भित्र्याएर पार्टिको महासचिव बनाउने त्यो अस्त्र आफ्नै सचिबालय मार्फत फाल्न लगाइ पार्टी भित्रको अन्तरबिरोध हल गर्न सफल भए । पछिल्लो समय नेर्तित्वको कार्यशैली प्रती प्रश्न उठाएका जनार्दन शर्माको प्रश्नलाई सामना गर्न नसके पछि जनार्दन शर्मालाई पार्टी फुटाउन लागेको आरोप लगाउन आफ्नै सचिबालय मार्फत प्रचण्डले मिडिया बाजि गरेका प्रमाण भेट्टिएको जनार्दन शर्माले सार्बजनिक गरिसकेका छन । जब-जब प्रचण्डलाई आन्तरिक रुपमा प्रतिस्पधृले घेराहाल्न सुरु गर्छन तब उनी त्यो मुद्दालाइ बिकेन्दृकृत गर्न सफल हुन्छन । भर्खरै मात्रै उनी आफै झाक्री र आफै धामिको भेषमा कार्यकर्ता सामु प्रस्तुत भएका छन । प्रचण्ड कहिले पनि कसैको हुन नसकेको र हुन नसक्ने प्रबृत्ति हो । उनले आफैले उचाल्छन र आफैले थचार्छन , त्यो उनको ह्यारीडिटि क्यारेक्टर हो ।
उनी पार्टिको नेर्तित्वमा रहन सबै खालका टिकडम जालझेल र सास्कृक हमलामा माहिर मानिएका छन ।
उनी कार्यकर्ता र नेताहरुलाइ बिहान आफ्नो बिकल्प नभएको भनेर प्रचार प्रसार गर्न लगाउछन, र बेलुका राम्रो टिम बने नेर्तित्व छोड्ने छबिलाल चरित्र दोहोर्याइ हाल्छन ।

चितवन हार्ने डरले बाबुरामलाइ पङ्गु बनाएर गोर्खा बाट चुनाब लडि जिते,माओबादिले कहिले पनि नजितेको ठाउमा मानुसी यमिलाइ मावबादी बाट टिकट दिइ जिताउने घोषणा गरे । उहाको दोहोरो चरित्र यत्तिमा मात्रै सिमित हुदैन । अहिले देखि नै जनार्दन शर्मा माथी निरन्तर प्रहार गर्दै गएमा आगामी चुनाबमा प्रचण्डको आँखा जनार्दनको क्षेत्र हुने अनुमान गरिएको छ । गोर्खा र रुकुमले प्रचण्डको छबिलाल रुप देखि सके पछि हार्ने डरले २०८९ प्रचण्डको आँखा बर्षमानको क्षेत्र रोल्पा हुने निश्चित छ ।
प्रचण्डको यो दोहोरो चरित्र यत्तिमा मात्रै रोकिएको छैन उनले शान्ति प्रकृयामा आइसके पछि ज्ञानेन्द्रका बिरुद्द गिरिजा प्रसाद कोइराला प्रयोग गरे र गिरिजालाई रास्ट्रपतिमा रोख्न झलनाथ खनाल उचाले । यसरी प्रचण्ड अरुलाइ उचाल्ने र छचार्ने काममा ब्यस्त भैरहदा यो कुरा राम्रो संग बुझी सकेका काङ्ग्रेस र एमाले दुई ठुला दल मिलेर अहिले प्रचण्डलाई नै थचार्न सफल भएका छन । प्रचण्डको चाल पार्टिका शिर्ष नेता र विपक्ष दलले बुझी सकेको हुनाले अब प्रचण्डको उचाल्ने र थचार्ने चाल काम नलाग्ने बुझिएको छ ।
प्रचण्ड हिजो पनि कसैको थिएनन , र भोलि पनि कसैको हुने छैनन । प्रचण्डको छबिलाल टृकले जति काम गरेको छ त्यस्ले ब्यक्तिगत रुपमा फाइदा गरे पनि मुलतः देश र जनताको लागि अस्थिर पात्र बाहेक केही पनि होइन ।उन्ले साच्चिकै देश बनाउन चाहेको भए सबैलाइ साथमा लिएर बनाउन सक्थे तर उनी कहिले केपि परस्त हुन मन पराउछन कहिले माधब परस्त हुन मन पराउछन । कहिले उनी भारत परस्त हुन मन पराउछन । उनी जब सम्म जनता परस्त हुन सक्दैनन तब सम्म उन्लाइ इतिहासले एक अस्थिर पात्र बाहेक केही पनि इन्कित गर्ने छैन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार