नेपाल सांस्कृतिक कलाकर्मी संघ द्धारा एनआरएनए उपमहासचिव प्रविन गुरुङ् सम्मानित

काठ्माण्डौ, एचबी ताम्राकार ।
नेपाल सांस्कृतिक कलाकर्मी संघ द्धारा एनआरएनए आईसीसीका  उपमहासचिव प्रविन गुरुङ् सम्मानित भएका छन् ।सामाजिक कार्यमा पनि उनि निकै सकृय युवा हुन् ।

सफल व्यवसायी, सामाजीक व्यक्तित्व प्रविन गुरुङ्ले समाज सेवाको क्षेत्रमा गर्नु भएको अतुलनिय योगदानको उच्च सम्मान गर्दै यो सम्मान पत्र हस्तान्तरण गरिएको हो ।

कोभिड १९ महामारीको जस्तो अवस्थामा कुवेतमा रहेका नेपाली गर्ववति महिला, सुत्केरी महिला साथै अवैधानिक रुपमा रहेका करिव ३५ सय महिलाहरुलाई कुवेत सरकारसंग समन्वय गरि निशुल्क स्वदेश पठाउने काम आफैमा महान छ । साथै, कतारमा कोभिड १९ कै विचमा कामबाट वेरोजगार बनाईएका ५६५ जना नेपालीलाई नेपाल सरकारसंग समन्वय गरि स्वदेश पठाउन सफल व्यक्तित्व हुन प्रविन ।

त्यसैगरी, युएई बाट समेत कोभिड कै समयमा ८५ जना गरि खाडी मुलुकहरु बाट गैरआवासीय नेपाली संघ कतारको अध्यक्ष रहेको कार्यकाल अवधिमा करिव ५० हजार नेपालीहरुको सफल उद्दार गर्नुभयो ।

एनआरएनए नेता प्रविनको सामाजिक सेवा भावको उच्च कदर गर्दै नेपाली सांस्कृतिक कलाकर्मी संघद्धारा आयोजित सम्मान तथा शुभकामना सांस्कृतिक साझ २०८१ को सम्मान पत्र द्धारा सम्मानित हुनु भएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार