विशेष नागरिक अवार्ड २०८१ बाट एनआरएनए नेता प्रबिण गुरुङ् सम्मानित

एचबी ताम्राकार, काठ्माण्डौ।सामाजिक रुपातन्तरणकालागि नागरिक समाजले एनआरएनए का उपमहासचिव एवम सामाजिक व्यक्तित्व प्रबिण गुरुङ् विशेष नागरिक अवार्ड २०८१ बाट सम्मानित हुनुभएको छ ।

कुबेत बाट ३५०० महिलाहरुको उद्दार वहा कै नेतृत्वमा सफल भएको थियो । दुबईबाट ८५ महिलाहरुको उद्दार, ५६५ महिलाहरुको कतारबाट उद्दार , ओमन बाट ५५३ वटा अक्सिजन सिलिण्डरहरु नेपाल सरकारको रहोबरमा नेपाल सरकारको नेतृत्वको नेपाल एअरलाईन्स मार्फत मध्यपूर्वको अध्यक्ष हुदा प्रविन गुरुङ्ले ५५३ सिलिन्डर नेपाललाई सहयोग गरेका थिए । त्यसैले प्रविण पछिल्लो समय सम्मानको पात्र भएका छन् । यो सम्मान पनि यिनको कामको परिणाम हो ।

कतारमा बसेरपनि विश्वका नेपालीहरुको मन जित्न सफल युवा प्रबिण प्रतिभाशाली युवा हुन् ।विदेश र देशको मन जोड्ने अभियानमा निरन्तर सकृय छन् ।

उनलाई सम्मान पत्र सहित अर्वाड दिइएको छ ।यस्तै युवाहरु एनआरएनएमा हाबी हुने हो भने नेपालमी लगानी भीत्रीने र विदेशमा रहेका युवाहरु पनि निकै सकृय अविभावक पाउने छन् ।

त्यसैले प्रविण गुरुङ्को कामलाई सम्मान गरेर मनोबल बढाउन सवैले निरन्तर वहाको स्वागत, सम्मान गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार