नेपालका सभामुख देवराज घिमिरेले अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीलाई एक विशेष पत्र लेख्दै, हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि विशेष पहल गर्न अनुरोध गर्नुभएको छ।तर, यो पहल सफल बनाउन पर्दा पछाडि एउटा महत्त्वपूर्ण कड़ी छ – दुबईमा रहनु भएका शक्तिशाली युवा व्यवसायी रिजवान आलम।
जब नेपाल सरकारले विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय कूटनीतिक मार्गहरू खोज्न थाल्यो, त्यही बेला रिजवान आलमको नाम अगाडि आयो।रिजवान आलम लामो समयदेखि अरब मुलुकहरूसँग सम्बन्धित छन् र त्यहाँका उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध राख्छन्।
नेपालका केही उच्च सरकारी अधिकारीहरूले रिजवान आलमलाई हमाससँग वार्ता गर्न मद्दत गर्न आग्रह गरे। रिजवान आलमले तत्कालै आफ्नो प्रभाव प्रयोग गर्दै अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीसमक्ष यो मुद्दा उठाए।रिजवान आलमको प्रत्यक्ष पहलपछि महामहिम अल-यमाहीले नेपाल सरकारलाई सुझाव दिए – यदि नेपाल सरकारले आधिकारिक रूपमा अनुरोध पठायो भने, हमाससँग वार्ता गर्न अझ सरल हुनेछ।
त्यसपछि नै नेपालका सभामुख देवराज घिमिरेले महामहिम अल-यमाहीलाई आधिकारिक पत्र लेख्नुभयो।अब सबैको नजर अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीको निर्णयमा छ। यदि उहाँले चाहनुभयो भने विपिन जोशी छिट्टै हमासको कब्जाबाट मुक्त हुन सक्ने सम्भावना बलियो देखिन्छ।
रिजवान आलमले देखाएको मार्गदर्शन, नेपाल सरकारको सक्रियता, र अरब संसदका अध्यक्षको सहयोगले विपिन जोशी चाँडै आफ्नो परिवारको काखमा फर्कन सकून् – यही छ हामी सबैको कामना।
यो थियो हाम्रो विशेष रिपोर्ट। हामी तपाईंलाई यस घटनाक्रमबारे थप जानकारी दिन निरन्तर प्रतिवद्ध छौं। धन्यवाद!