रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको खुलेको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना खाजामा मात्र एक आर्थिक वर्षमा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको खुलासा भएको छ । महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणमा अध्यक्ष ज्ञानकुमार श्रेष्ठले व्वाटर व्यवस्थापनमा आर्थिक वर्ष २०७९÷०८० मा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको उल्लेख गरेको छ ।
महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणमा भनेको छ । क्वाटर व्यवस्थापन खर्च गाउँपालिका प्रमुखको कार्यकक्ष क्वाटर तथा क्यान्टिन व्यवस्थापनका लागी सिधै खाजा तथा खाना तथा अन्य फुटकर खर्चका बिल संलग्न गरी भुक्तानी दिने गरेको देखिएको छ । उक्ता कार्यका लागी पदाधिकारी अन्य सुविधा शीर्षकबाट रु ९ लाख ४१ हजार १८२ विविध खर्च शीर्षक बाट १० लाख १८ हजार ४४३ र कन्टिजेन्सि बाट ४० लाख १२ हजार ४०१ गरी जम्मा अध्यक्षले क्वाटरमा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको उल्लेख गरेको छ ।
साथै महालेखापरीक्षकको कार्यालयले जनप्रतिनिधिहरूको सुबिद्याा सम्बन्धी मापदण्डमा जनप्रतिनिधिले पाउने सेवा सुविधाको बारेमा स्पष्ट रूपमा ताकिएको छ । तोकिएको सुविधा भन्दा फरक रूपमा सुविधा जनप्रतिनिधिले लिँदा गाउँपालिकालाई आर्थिक भार पर्ने प्रतिवेदनमा उल्लेख छ । यस विषयमा महालेखापरीक्षकको कार्यालयका उप(महालेखापरीक्षक वैकुण्ठ बहादुर अधिकारी सँग कुरा गर्दा जनप्रतिनिधिले तोकेको सेवा सुविधा भन्दा अन्य रकम खर्च गर्नु भनेको ठुलो अनियमितता हो ।
त्यसरी खर्च गर्न जनप्रतिनिधिले पाउँदैन । जुन सुकै पालिका होस । प्रस्ट सँग जनप्रतिनिधिको सेवा सुबिद्यााको बारेमा उल्लेख छ । त्यस भन्दा बाहिर गएर सत्ता र शक्तिको भरमा गरिने खर्च भ्रष्टाचार हो भन्दा पनि फरक पर्दैन उप(महालेखापरीक्षक अधिकारीले भने ।