नेकपा (एकिकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्यमा अछामका युवा नेता हिरेन्द्र शाही निर्बाचित

नेकपा (एकिकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्यमा अछामका युवा नेता हिरेन्द्र शाही निर्बाचित हुनु भएको छ ।
शाहिले आफ्नो निर्वाचनलाई युवा नेतृत्वको लागि एउटा महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएका छन्। उनी पार्टी भित्रै मात्र नभएर युवाहरु बिच पनि उत्तिकै प्रभावशाली युवा नेता मानिन्छन्।
हिरेन्द्र शाहिको राजनीतिक यात्रा लामो र संघर्षपूर्ण रहेको छ, उनले आफ्नो राजनीति यात्रा विद्यार्थी संगठन बाट गरेका थिए । अनेरास्ववियुको सदस्य हुँदै केन्द्रिय उपाध्यक्ष समेत रहनु भएका शाहिले गत निर्वाचनमा सहयोग गठबन्धनलाई जिताउन महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। र अहिले पार्टीको केन्द्रीय नेतृत्वमा पुगेका छन्। अछाम जिल्लामा उनको नेतृत्वमा धेरै सामाजिक र राजनीतिक कार्यक्रमहरू सम्पन्न भएका छन् ।

 

उनले युवाहरूलाई राजनीतिमा सक्रिय बनाउन र उनीहरूको आवाजलाई बलियो बनाउन निरन्तर प्रयास गरेका गर्दै आएका छन । उनि निर्बाचित भए लगतै पार्टीका अन्य नेताहरूले पनि शाहिको नेतृत्व क्षमताको प्रशंसा गरेका छन् ।

महाधिवेशनमा शाहिको पक्षमा धेरै युवाहरूले समर्थन जनाएका थिए । शाहिले निर्वाचनपछि दिएको सम्बोधनमा भने, “यो जित मेरो मात्र होइन,सम्पूर्ण युवाहरूको जित हो । अब म पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न र युवाहरूको आवाजलाई केन्द्रमा राख्न प्रतिबद्ध छु।”
नेकपा (एकिकृत समाजवादी) को महाधिवेशनले शाहिलाइ मात्र होइन, अन्य नयाँ र युवा नेताहरूलाई पनि महत्वपूर्ण जिम्मेवारी दिएको छ। यसले पार्टीभित्र नयाँ जोस र जाँगर ल्याउने अपेक्षा गरिएको छ ।

 

पार्टीका अध्यक्षले भने, “युवा नेताहरूको आगमनले पार्टीलाई नयाँ दिशा दिनेछ । हामीलाई शाही जस्ता धेरै युवा नेताहरूको आवश्यकता छ जसले निष्ठा, इमानदारी र जोशका साथ पार्टीलाई अगाडि बढाउन सकून् ।”

शाहिको नेतृत्वमा अछाम जिल्लामा धेरै सामाजिक विकासका कामहरू भएका छन्। उनले गरिबी निवारण, शिक्षा, स्वास्थ्य र रोजगार सिर्जनाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनका पहलहरूले धेरै युवाहरूलाई आत्मनिर्भर बनाउन मद्दत पुऱ्याएको छ। उनी सदैव समाजका सबै वर्गहरूको हितको लागि काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्।

उनि निर्वाचित भएपछि, अछाम जिल्लामा र बिशेषत युवाहरुमा खुसीयाली छाएको छ। समर्थकहरू र शुभेच्छुकहरूले उनलाई बधाई दिँदै विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन् । युवा नेताहरूको समूहले उनलाई सफलताका लागि शुभकामना दिएका छन । र आगामी दिनहरूमा अझै ठूला सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।

 

हिरेन्द्र शाहीको राजनीतिक यात्रा र योगदानले नेकपा (एकिकृत समाजवादी) पार्टीलाई नयाँ उचाइमा पुऱ्याउने आशा गरिएको छ। उनले युवाहरूलाई राजनीतिमा सक्रिय सहभागी बनाउन प्रेरित गर्दै आफ्नो योगदानलाई अझै विस्तार गर्नेछन्। पार्टीका अन्य नेताहरू र सदस्यहरूले पनि शाहिको यो नयाँ जिम्मेवारीलाई सफलतापूर्वक निभाउने विश्वास व्यक्त गरेकाछन् ।
अछामका नेता शाहि केन्द्रीय सदस्यमा निर्वाचित हुनु युवा नेतृत्वको लागि एउटा ठूलो उपलब्धि हो। उनले आफ्नो कार्यकालमा पार्टीलाई अझ सशक्त र प्रभावकारी बनाउने दृढता व्यक्त गरेका छन्। उनका समर्थक र शुभेच्छुकहरू उनलाई सफलताको शुभकामना दिँदै आगामी दिनहरूमा उनको नेतृत्वमा पार्टीले नयाँ सफलताहरू प्राप्त गर्ने आशा राखेका छन् । आफ्नो कार्यकालमा पार्टीले दिएको जिम्मेवारी सहि ढंगले कार्यान्वयन गर्ने उहाको भनाइ छ । पाटी रुपान्तरण गर्न र शक्तिशाली पार्टी बनाउन आफू संग स्पष्ट खाका रहेको र त्यो खाकालाइ अनुमोदन गराउन आफ्नो जबर्जस्त भुमिका रहने पनि बताउनु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार