राप्रपा केन्द्रीय सदस्यको माग : प्रदेश अस्पतालको छानबिन गरौं

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले कर्णाली प्रदेश अस्पतालको छानबिन गर्न माग गरेका छन् ।

किरणले कर्णाली प्रदेश सरकारलाई संसदीय छानबिन समिति बनाएर अस्पतालमा भएको लापरबाही र अनियमितता छानबिन गर्न आग्रह गरेका छन् ।

कर्णाली प्रदेश अस्पतालमा २०८० चैत्र २९ गते भिमा गुरुङको सामान्य पेट दुखेर उपचार गर्न पुगेको केही समयमा मृत्यु भएको घटना, २०८१ श्वावन २५ , शुक्रबार अभिलाषा जिसी
पिसाब परीक्षणको नमुना दिँदा दिसाको समेत रिपोर्ट दिएको घटना र हालसालै असोज ७ गते
शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको घटना बारम्बार दोहरिनु निकै गम्भीर र संवेदनशिल विषय भएको किरणले दाबी गरेका छन् ।

प्रदेश अस्पतालमा गएका बिरामीलाई सिधै नीजि अस्पताल जाउ भनेर पठाउने काम दिनहुँ भैरहेको र प्रदेश अस्पतालका मेसु देखी सिनियर डाक्टरले आआफ्ना नीजि क्लिनिक/अस्पताल खोलेका कारण जनताको अस्पताल अस्तव्यस्त बनाउने षडयन्त्र रहेको उल्लेख गरेका छन् ।

नीजि क्लिनिक खोल्न पाउनु उहाँहरुको अधिकार भएपनि सार्वजनिक संस्थालाई बद्नाम, अविश्वसनीय र अस्तव्यस्त बनाएर आफ्ना नीजि अस्पताललाई सिन्डिकेट जस्तो गरि स्थापित गर्ने कुरा कर्णालीका जनताले अब सहेर नबस्ने भन्दै चेतावनी समेत दिएका छन् ।

उनले लेखेका छन् “जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने मौलिक हक हो , त्यसको प्रत्याभूति हुनुपर्छ र मौलिक हक कार्यान्वयन गर्नु सरकारको प्रमुख दायित्व हो । मौलिक हक कार्यान्वयनमा अवरोध गर्नेलाई कानुनी कठघरामा उभ्याएर छोड्नुपर्छ

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार