अध्यक्ष नरेशको नेतृत्वमा वर्षौ देखी अलपत्र रहेको क्रिकेट ग्राउण्डले पायो गति , मेयर हेमराज ओझाले गरे खुलेर सहयोग

वर्षौ देखी अलपत्र रहेको क्रिकेट ग्राउण्डले गति पाएको छ ।कृष्णपुर नगरपालिकाको वडा नं ४ मा अवस्थित बेलभाडी क्रिकेट ग्राउण्ड अब पक्कापक्की बन्ने भएको छ ।

श्री स्काई युथ कल्बका अध्यक्ष नरेश भण्डारीको नेतृत्वमा वर्षौ देखी अलपत्र रहेको क्रिकेट ग्राउण्ड सोहि नहरपालिकाका नगर प्रमुख हेम राज ओझा सकरात्मक देखिएपछी ग्राउण्डको काम धमाधम अगाडी बढेको हो ।

कल्बका अध्यक्ष भण्डारीले मिडियालाई जानकारी गराउदै भन्नुभयो, क्रिकेट ग्राउण्ड बन्नु नै मेयर ओझाको नाम अगाडी आउनु हो ।यो ग्राउण्ड बनाउनुपर्छ भनेर भण्डारी र मेयर ओझा एकै ठाउमा खम्बा भनेर उभ्भिएका छन् ।

मालुबेलामा क्रिकेट खेल खेल्दै आएका युवाहरु उत्साहित छन् भने त्यो ठाउमा यो ग्राउण्ड छिट्टै नमुना ग्राउण्ड बन्नेमा सबै आशावादी छन् ।पछिल्लो समय नेपालले क्रिकेट जगतमा विश्वमा तहल्का मचाउदै आएको छ ।

नेपालका हरेक जिल्लाहरुमा अहिले क्रिकेट खेलप्रति सवै आकर्षित छन् ।मेयर हेमराज पनि सहयोगी भूमिका निभाउनुपर्दा खुसी भएको बताएका छन् ।कल्बका अध्यक्ष भण्डारीले अझै सवैले आ-आफ्नो ठाउबाट सहयोगी भूमिका निभाईदिन पनि हार्दिक अपिल गरका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार