आपराधिक क्रियाकलापमा संलग्न भएको र मुद्दा खेपिरहेको व्यक्ति राष्ट्रपति चुनिए : परराष्ट्रविद् डा. पाण्डे

परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले इतिहासमा पहिलोपटक अमेरिकी जनताले आपराधिक क्रियाकलापमा संलग्न भएको र मुद्दा खेपिरहेको व्यक्तिलाई राष्ट्रपतिको रूपमा चुनेको टिप्पणी गरेका छन् ।

अमेरिकाको ४७औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै नेपालको राजनीतिक, आर्थिक, कूटनीतिक क्षेत्रमा पर्नसक्ने प्रभावका बारेमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनको शासन, डेमोक्रेशीको कुरा गर्ने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको मुद्दाको फैसला कार्यान्वयनको विषय रोचक हुनसक्ने बताए । 

मुद्दा र बिषयको हिसाबले उहाँ धेरै बिबादास्पद ब्यक्ती भएको उहाको जानकारी गराउनु भयो । अमेरिकी जनताले एउटा बिबादास्पद छवि भएको ब्यक्तिलाइ रास्ट्रपति छान्नु अमेरिकी जनताको हार भएको कुरा जानकारी बताउनु भयो ।

‘पहिलो पटक इतिहासमा आपराधिक क्रियाकलापमा संलग्न भएको भनेर मुद्दा खेपिरहेको व्यक्ति अमेरिकाको राष्ट्रपति हुन गइरहेको छ । यो न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबिचको द्वन्द्व अब अमेरिकामा कसरी सुरु हुन्छ र निर्क्योल हुन्छ यसलाई हेर्न जरुरी छ ।’ उनले भने, ‘कानुनको शासन, डेमोक्रेशीको कुरा गर्ने मुलुकले आफ्नै राष्ट्रपतिको मुद्दामा भएको जति पनि फैसलाहरू छन्, यसलाई कसरी कार्यान्वयनमा लिएर जान्छ ? न्यायपालिकाले त्यसलाई कसरी हेर्छ ? भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’ 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार