केपि ओलि र उहाको पार्टी प्रतिको बर्जस्व स्पष्ट देखिन थालेको छ ।
अर्जुन शाही काठमाडौ,
अध्यक्ष ओलीको टिप्पणीलाई भावी नेतृत्वबारे प्रस्ट सन्देशकै रूपमा बुझ्न सकिने बताउँछन् । ‘आफू रहँदासम्म पार्टीको नेतृत्वमा कसैले चाहना राख्नुहुन्न, कसैलाई दिनुपरे म आफैं दिन्छु भन्ने मेरो कुरा हो ।
एक जिम्मेवार नेताले रेड्स्टार संग बोल्दै भन्नू भयो “केपी कमरेडले आफू रहेसम्म नेतृत्वको विकल्प खोज्न आवश्यक छैन भन्ने सन्देश दिनेगरी बोल्नुभयो’, कार्यशालामा सहभागी एक नेता भन्छन् ।
उनका अनुसार अध्यक्ष ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको नामै लिएर लामै टिप्पणी गरेका थिए । ‘विष्णु पौडेलको कुनै गुट छैन, शंकर पोखरेलको नाममा गुट छैन । मलाई भन्दाखेरी गुट छैन भनेरै उहाँहरूले भन्नुभएको छ’ ओलीले भनेका थिए, ‘मेरो लागि विष्णु पौडेल र शंकर पोखरेल बराबरी हो ।’
ओलीले पार्टीभित्र कुनै गुटबन्दी नरहेको दाबी समेत गरे । ‘अहिले म एमालेको अध्यक्ष छु, मेरो छहारीमा चलेको पार्टीमा गुटबन्दी आवश्यक पनि छैन’, ओलीले भनेका थिए ।
अर्थात् प्रदेश, जिल्ला र जनसंगठनको नेतृत्व गरिरहेका नेताहरूसँग ओलीले गुटबन्दीमा नलाग्न सन्देश दिएका छन् । एमालेका अर्का एक नेताका बुझाइमा पनि अध्यक्ष ओलीले विष्णु र शंकरसँग गुट नरहेको भनेरै गुटबन्दी चलिरहेकै पुष्टि गरेका छन् ।
‘दोहोर्याई दोहोर्याई विष्णु र शंकर भनेर उहाँले गुटबन्दी चलिरहेको पुष्टि गर्नुभयो । किनकि गुटबन्दी नभएको भए छैन भनिरहनु पर्थेन । अझ विद्या भण्डारीबारे गर्नुभएको टिप्पणीले भावी नेतृत्वबारे उहाँ (ओली) को संकेत प्रस्ट हुन्थ्यो’, ती नेता भन्छन् ।
नेताहरूका अनुसार अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन उत्प्रेरित नगर्न निर्देशन दिएका थिए । ‘के गर्ने, के नगर्ने भनेर आफै निर्णय लिन सक्ने नेता हो, उहाँ (पूर्वराष्ट्रपति भण्डारी) । कसैले गएर गल लगाउनु पर्दैन’ अध्यक्ष ओलीले भनेका थिए, ‘आउन (राजनीतिमा) मन भए हामीसँग कुरा गर्नुहोला । कसैले जाउजाउ भनिरहनु पर्दैन ।’
आफ्नो छहारीमा गुटबन्दी नभइरहेको ओलीको टिप्पणीलाई चासोका साथ हेरिनुमा एमालेभित्र नलुकेका संघर्षका घटनाक्रमले काम गरेको छ । किनकि एमालेको माथिदेखि तलसम्मका कमिटीहरूले गर्ने निर्णयमा गुटगत संघर्ष देखिन्छ ।
यसको पछिल्लो उदाहरण २९ मंसिरमा सम्पन्न बझाङको आठौं जिल्ला अधिवेशन हो । देशभरका अरू जिल्लामा २०७८ यता दुईपटक अधिवेशन भइसक्दा बझाङले एकपटक पनि अधिवेशन गर्न सकेको थिएन । कारण नेतृत्व हत्याउने नेताहरूको स्वार्थ थियो ।
‘पार्टीभित्र गुटहरू छन् । विष्णु पौडेल र शंकर पोखरेल समूह बलियो छ भन्ने अध्यक्षलाई थाहा छ’ एमाले पोलिटब्यूरोका एक सदस्य भन्छन्, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि पार्टीको भावी नेतृत्वको आकांक्षी हुनुहुन्छ भन्ने थाहा छ । त्यसैले एउटा सन्देश दिनकै लागि गुटबन्दी छैन भन्नुभयो जस्तो लाग्छ ।’
तोकिएको समयमा अधिवेशन नभएपछि बझाङमा कलकबहादुर खड्काको नेतृत्वमा कामचलाउ कार्य समिति बनाइयो । नेताहरूका अनुसार अधिवेशन हुँदा खड्कालाई अध्यक्ष जिताउन नेताहरूले लबिङ गरेका थिए ।
तर, अधिवेशनबाट दिलबहादुर भण्डारीले अध्यक्ष जिते । ‘यहाँ पार्टी केन्द्रकै नेताहरूको समर्थन पाएका नेता भर्सेस् स्थानीय नेताहरूको उम्मेदवार जस्तो परिस्थिति बन्यो, माथिबाट तोकिएका एकै जनाले पनि जिल्ला कमिटीमा जित्न सक्नुभएन’, एमालेका एक नेता भन्छन् ।
यस्तो परिस्थिति बन्नुमा पार्टीभित्रकै अन्तरसंघर्षले काम गरेको उनी बताउँछन् । ‘कतै न कतै विष्णु पौडेल भर्सेस् शंकर पोखरेलका रूपमा विकसित घटनाक्रमले बझाङमा पनि काम गर्यो । यो कुरा केपी ओलीले नबुझ्नै कुरै भएन’, ती नेता भन्छन् ।
गत वर्ष सम्पन्न प्रदेश, जिल्ला र स्थानीय पालिकाहरूको अधिवेशनमा गुटगत प्रतिस्पर्धा भएको थियो । अध्यक्ष ओली प्यानलगत प्रतिस्पर्धा नगर्न सार्वजनिक निर्देशन दिन्थे, तर प्यानल बन्न रोकिन्थेन ।
लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशको अधिवेशनमा गुटगत प्रतिस्पर्धा भएको थियो । सुदूरपश्चिम, मधेश सहित गैरभौगोलिक प्रदेश कमिटीमा सर्वसहमत नेतृत्व चयन भए पनि भागबन्डाको आधार गुटगत नै थियो । प्रदेशकै जस्तो अभ्यास जिल्ला र जनसंगठनहरूमा भएको छ ।
‘पार्टीभित्र गुटहरू छन् । विष्णु पौडेल र शंकर पोखरेल समूह बलियो छ भन्ने अध्यक्षलाई थाहा छ’ एमाले पोलिटब्यूरोका एक सदस्य भन्छन्, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि पार्टीको भावी नेतृत्वको आकांक्षी हुनुहुन्छ भन्ने थाहा छ । त्यसैले एउटा सन्देश दिनकै लागि गुटबन्दी छैन भन्नुभयो जस्तो लाग्छ ।’
उनी अध्यक्ष ओलीको टिप्पणीलाई भावी नेतृत्वबारे प्रस्ट सन्देशकै रूपमा बुझ्न सकिने बताउँछन् । ‘आफू रहँदासम्म पार्टीको नेतृत्वमा कसैले चाहना राख्नुहुन्न, कसैलाई दिनुपरे म आफैं दिन्छु भन्ने उहाँको कुरा हो’, ती नेता भन्छन् ।
प्रधानमन्त्री ओली ०७१ मा सम्पन्न नवौं महाधिवेशनबाट केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए । ०७४ को चुनावपछि माओवादीसँग पार्टी एकता हुँदा पनि ओली नेकपाको अध्यक्ष नै रहे । नेकपाको एकता भंग भएपछि पुनर्स्थापित एमालेको दशौं महाधिवेशनबाट फेरि अध्यक्ष भए ।
एघारौं महाधिवेशनबाट पनि अध्यक्ष बन्न ओलीले पार्टीभित्र ७० वर्षे उमेरहद हटाउने निर्णय गरिसकेका छन ।