नेकपा एमालेले पार्टीका तीन जनालाई कारबाही गर्ने निर्णय गरेको छ।
बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
पाण्डे र तिम्सेनाले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति राखेका थिए। सोही कारण पार्टीले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो। उनीहरूको जबाफ चित्तबुझ्दो नभएपछि उनीहरूलाई कारबाही गरिएको हो।
यस्तै, पूर्वउपाध्यक्ष रावलले लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको थिए।
मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट विचलित हुन्नँ: भीम रावल
नेकपा एमालेको सचिवालय बैठक सकिएको छ।
बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
एमालेले सो निर्णय गरेसँगै रावलले आफू विचलित नहुने बताएका छन्।
‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ,’ उनले सेतोपाटीसँग भने।
ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको समेत उनले टिप्पणी गरेका छन्।
‘केपी ओली राष्ट्र, राष्ट्रियता, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन्,’ उनले भने।
उनले अगाडि थपे, ‘विगतका कम्युनिष्ट पार्टीले प्रतिक्रियावादीहरूसँग साँठगाँठ गर्दै पदका लागि जोसँग पनि सम्झौता गरिरेहका छन्।’
पूर्वउपाध्यक्ष रावलले लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको थिए